Logo

किन घट्यो प्राथमिकतामा राखेकै वस्तुको निर्यात ?

किन घट्यो प्राथमिकतामा राखेकै वस्तुको निर्यात ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३ /७४ मा समग्रमा नेपालको निर्यातमा बृद्धि भएको छ । अघिल्लो आवको तुलनामा समग्रमा नेपालको निर्यात ४ दशमलब २ प्रतिशतले बढेर ७३ अर्ब  रुपैयाँ पुगेको हो ।

तर समग्रमा बृद्धि भएपनि सरकारले नेपाल एकिकृत व्यापार रणनीति (एनटिआइएस) को सूचीमा राखेकोे बस्तुहरुको निर्यात घटेकोले खुसि हुने ठाउँ भने छैन । सरकारले व्यापार घाटा कम गर्न रणनीतिक कार्य योजना सहित ती वस्तुहरुलाई एनटिआइएसमा सूचिकृत गरेपनि गत आर्थिक बर्षमा उक्त सूचीमा राखिएका सबै वस्तुको निर्यात घटेको नेपाल राष्ट्र बैंकको हालै सार्वजनिक तथ्यांकले देखाएको छ ।

नेपालबाट निर्यात हुनेमध्ये अलैची, उनी गलैचाँ, तयारीपोसाक, पश्मिना, टेक्सटायल, यार्न, अदुवालगायत ९ ओटा वस्तुलाई सो सूचीमा सूचीकृत गरेको छ ।

त्यसो त अमेरिकाले नेपालका ६६ वस्तुको निर्यातमा शून्य भन्सारको सुविधा दिएको थियो । सो सुविधा पश्चात पनि अमेरिका निर्यात हुने तयारी पोसाक, गलैचाँ तथा पश्मिनाको निर्यात समेत घटेको हो ।

गत आवमा नेपालबाट ३ अर्ब ९० करोड रुपैयाँकोे अलैची निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा १५ प्रतिशतले कम हो । आर्थिक बर्ष २०७२ ७३ मा ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको अलैची भारततर्फ निर्यात भएको थियो ।

त्यस्तै २३ करोड २३ लाख रुपैयाँ बराबरको अदुवा निर्यात भएको छ । जुन अघिल्लो आवमा ५२ करोड १९ लाख रुपैयाँ बराबरको बाहिरिएको थियो । त्यस्तै गत आवमा नेपालबाट चियाको निर्यातमा पनि कमी आएको छ । अघिल्लो आवमा ५८ करोड ७१ लख रुपैयाँ बराबरको चिया निर्यात भएकोमा गत आवमा २७ करोडमा सिमित भएको छ ।

त्यसैगरी फुटवेयरको निर्यात पनि अघिल्लो आवको तुलनामा खस्किएको छ । गत आवमा नेपालबाट १ अर्ब २३ करोडको फुटवेयर, २ अर्ब ४५ करोड रुपेयाँको पश्मिना बाहिरिएको छ । त्यस्तै ७ अर्ब ३७ करोड रुपैयाँको उलन कार्पेट निर्यात भएको छ । ३ अर्ब २४ करोड रुपैयाँको टेक्सटायल निर्यात भएको छ । जुन अघिल्लो आवको भन्दा ५ दशमलब ७ प्रतिशतले कम हो ।

प्रतिक्रिया दिनुहोस्
MBL