Logo

प्रभु बैंक सामाजिक उत्तरदायित्व, नगरपालिकामा वृक्षारोपण

प्रभु बैंक सामाजिक उत्तरदायित्व, नगरपालिकामा वृक्षारोपण


बिजखबर संवाददाता
0
Shares

काडमाडौं । प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बुढानिलकण्ठ नगरपालिकामा बृक्षारोपण गरेको छ । बैंकले ‘क्लिन एण्ड ग्रीन बुढानिलकण्ठ’ भन्ने नाराका साथ वृक्षारोपण गरेको हो ।

प्रभु बैंक र बुढानिलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा बाँसवारी देखि गणेशचोकसम्ममुल सडकको दायाँबायाँदुवै किनारामा वृक्षारोपण गरिएको हो । सो वृक्षारोपण कार्यक्रमको बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रुपमा वृक्षारोपण गरी कार्यक्रमको उद्धघाट्न गरेका थिए ।

वृक्षारोपण कार्यक्रमको लागि प्रभु बैंकले उपलब्ध गराएको सहयोग एकदमै सराहनीय भएको वृक्षारोपण नगर प्रमुख खरेलले बताए । साथै बैंकका सिईओ अशोक शेरचनले पनि बैंकले आप्mना ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवाउ पलब्ध गराउनुका अतिरिक्त सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्नखालका सामाजिक सहयोग तथा सद्भावयुक्त कार्यक्रमहरुमा योगदान गर्दै आईरहेको र आगामीदिनमा पनि यस्ता कार्यलाई प्राथमिकता दिने प्रतिवद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL