Logo

प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’ सम्मान

प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’ सम्मान


बिजखबर संवाददाता
0
Shares

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका देउवालाई आज बिहान उक्त सम्मान प्रदान गरिएको हो ।

राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्रागणमा पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए ।

सम्मान लिएसँगै प्रधानमन्त्री देवाले नेपाल र भारत विश्वकै ऐतिहासिक सम्बन्ध रहेको मुलुक भएको बताए । साथै आफ्नो भारत भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL