काठमाडौं । नेपालका लागि भियतनामका वाणिज्यदुत राजेश काजी श्रेष्ठ तथा नेपाल भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दिपक मल्होत्रा सहितको व्यापारिक प्रतिनिधि मण्डलले भियतनामी राजदुत टोन सिंह थान्हबीच भेटवार्ता गरेका छन् । नेपाल–भियतनाम आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा आज नयाँ दिल्लीमा भेट वार्ता भएको हो ।
छलफलका क्रममा वाणिज्यदुत राजेश काजी श्रेष्ठले आगामि दिनमा दुइ देशबीच आर्थिक तथा ब्यापारिक सम्बन्धलाई थप सुदृढ गर्न व्यापारीक प्रतिनिधि मण्डलको आदान प्रदानलाई प्राथमिकता दिनु पर्ने तथा भिषा प्रक्रियामा सरलिकरण गर्न आग्रह गरेका थिए ।
यसैगरी संघका अध्यक्ष दिपक मल्होत्राले दुई देशबीचको ब्यापारिक सम्बन्ध विस्तारका क्रियाकलापमा संघले गर्दै आइरहेको र अबका दिनमा नेपालमा कृषि, पर्यटन, सूचना प्रविधिमा लगानी विस्तारका लागि आग्रह गरेका थिए ।
भेटघाटमा राजदुत थान्हले नेपालबाट भियतनाममा चामल, कफी, जुत्ता जस्ता वस्तुहरु आयात भइरहको कुरा बताउँदै दुइ देशबीचको सम्बन्धलाई मजवुत बनाउन, पर्यटन विस्तार तथा ब्यापार बृद्धिका लागि संघसँग समन्वय गर्ने बताए । सो भेटमा नरेश श्रेष्ठ, लोकमान्य गोल्छा, दी.एम. श्रेष्ठ तथा शिवजी राय यादवको उपस्थिति रहेको थियो ।