काठमाडौं । नेपाली कांग्रेसले मंगलबार १२ राज्यमन्त्री चयन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
कांग्रेसले सिता प्रसाईलाई कृषि बिकास राज्यमन्त्री, अमरसिंह पुन सिचाइ राज्यमन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुद राज्यमन्त्री, दिलमान प्राखिन कानुन राज्यमन्त्री भएका छन् ।
त्यस्तै अब्दुल रज्जाक खानेपानी तथा सरसफाइ राज्यमन्त्री, शेषनाथ अधिकारी शिक्षा राज्यमन्त्री, सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री, नरबहादुर चन्द, वाणिज्य राज्यमन्त्री तप्तबहादुर बिष्ट सूचना तथा सञ्चार राज्यमन्त्री बनेका छन् ।
त्यसैगरी उदय शमशेर राणा अर्थ राज्यमन्त्री, डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार राज्यमन्त्री र चम्पादेबी खड्का सहकारी तथा गरिबि निवारण राज्यमन्त्री बनेका छन् ।