काठमाडौं । नेपाल स्टक बोकर्स एसोसिएसन अफ नेपालले तराई मधेशमा गएको बिनासकारी बाढीबाट पिडितहरुको राहतका लागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा १० लाख उपलब्ध गराएको हो ।
एसोसीएसनका तर्फबाट अध्यक्ष प्रियराज रेग्मीले उक्त रकम बराबारको चेक सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरे ।
चेक हस्तान्तरण समारोहमा एसोसिएसनका पदाधीकारीहरुको पनि उपस्थिति थियो । यो रकम संघमा आबद्ध सदस्यहरुबाट संकलन गरिएको हो ।
यस अघि २०७२ साल बैशाखमा गएको महा बिनासकारी भुकम्प पडितहरुहरुको सहयोगार्थ उल्लेख्य नगद तथा जिन्सी समान पनि उपलब्ध गराएको थियो ।
समारोहमा प्रधानमन्त्रि देउवाले पिडितहरुलाई एसोसीएसनले गरेको सहयोगको प्रसंसा गरे । साथै विपतमा परेकाहरुलाई सहयोग गर्ने संस्कार विकास गर्न सके त्यसबाट देश र जनताको हित हुने बताए ।