काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक ७० भन्दा बढी कार्यालयका प्रमुखहरुको सरुवा गरेको छ । प्राधिकरणले एकै पटक धेरैवटा कार्यालयको प्रमुखको सरुवा गरेको हो ।
प्राधिकरणले एउटा कार्यालयका २ बर्ष समय बिताएका कार्यालय प्रमुखहरुको सरुवा गरेको प्राधिकरणका सुचना अधिकारी भरत खड्काले जानकारी दिए । ‘हाल प्राधिकरण अन्तरगत १ सय ९ वटा बितरण तथा ग्राहक सेवा केन्द्र रहेका छन्,’ उनले भने, ‘ती मध्ये २ बर्ष समय पुगेका ७० भन्दा बढी कार्यालयका प्रमुखहरुको सरुवा गरिएको छ ।’
प्राधिकरणले २ पटक गरी इञ्जिनियरभन्दा माथिल्लो तहका १ सय ५ जना कर्मचारीको सरुवा गरेको छ । जसमध्ये ७० भन्दा बढी कार्यालयहरुको प्रमुखको सरुवा भएको हो ।
कसको कहाँ सरुवा (सुचिसहित)