Logo

बाढीबाट ४५ हजार मानिस विस्थाति, ५ दिनभित्र तथ्याङ्क पेश गर्न विकास समितिको निर्देशन

बाढीबाट ४५ हजार मानिस विस्थाति, ५ दिनभित्र तथ्याङ्क पेश गर्न विकास समितिको निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तराइमा बाढी र डुवानका कारण ४५ हजार बढी मानिस विस्थापित भएका छन् । हालसम्मको तथ्याङक अनुसार बाढी र डुवानका कारण ठूलो संख्यामा मानिसहरु विस्थापित भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

व्यवस्थापिका संसदको विकास समिति बैठकमा बोल्दै गृह मन्त्रालयका प्रतिनिधिले सो जानकारी दिएका हुन् । तर, समितिमा बोल्ने सभासद्हरुले भने तराइको बाढीपहिरोमा परी विस्थापित हुनेको अझ बढी भएको भन्दै सत्यतथ्य पत्ता लगाउन आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै सडक विभागका महानिर्देशक गोपाल सिग्देलले तराइमा बाढीका कारण सवा ४ अर्ब रुपैयाँ बराबरको सडक क्षति भएको जानकारी दिए ।

कार्यक्रममा बोल्ने सभासदहरुले सरकारी टोलीले हेलिकप्टरबाट तथ्याङ्क संकलन गरेको र उक्त तथ्याङ्क आधारहिन भएको आरोप लगाएका थिए । हेलिकप्टरबाट हावादारी रुपमा तथ्याङ्क संकलन गरी बाढीपीडिलाई अन्याय गर्न खोजिएको उनीहरुको आरोप थियो ।
सरकारले बाढीपीडितलाई राहत बितरण तथा उनीहरुको तथ्याङ्क संकलनमा चासो नदिएको भन्दै सरकारलाई घच्घच्याएका थिए ।

समितले भने तराइमा भएको बाढीपीडितबाट विस्थापित तथा क्षतिको विषयमा ५ दिन भित्रै एकिन विवरण, पुनस्थापनाको योजना बुझाउन सरकारलाई निर्देशन दिएको छ । साथै बाढी पीडितको उद्धार, राहत र पुनास्थापनाका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्न समेत अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL