काठमाडौं । नयाँ प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ । विभिन्न सरकारी तथा गैरसरकारी कार्यलयलाई प्रविधिमैत्री बनाउन थालिएसँगै टेलिकमसम्बन्धि सामग्रीहरुको आयतामा पनि बृद्धि भएको छ ।
त्यसोत सरकारले २०२२ सम्म देशभर ब्रोडव्याण्ड सेवा पुर्याउने लक्ष्य राखेको छ । त्यस्तै स्मार्ट सिटीको अवधारणा ल्याएर त्यसमा गृहकार्य शुरु गरिसकेको छ । जसले गर्दा नेपालमा टेलिकम्युनिकेशन उपकरणको आयातमा पनि बृद्धि भएको दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकले हालै सार्बजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्ष अर्थात २०७३ /७४ मा नेपालमा ३१ अर्ब १३ करोड रुपैयाँ बराबरको त्यस्ता उपकरण आयात भएको छ । जुन अघिल्लो आवको तुलनामा करिव ७ अर्ब रुपैयाँले बढी हो ।
अघिल्लो आवमा २४ अर्ब ४९ करोड रुपैयाँ बराबरको टेलिकम तथा सूचना प्रविधिसम्बन्धी उपकरण भित्रिएका थिए ।
गत आवमा चीनबाट मात्रै २४ अर्ब रुपैयाँको त्यस्ता उपकरण आयात भएको हो । त्यस्तौ सो अवधिमा तेस्रो मुलुकबाट ६ अर्ब रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण भित्रिएको छ ।