Logo

आचार्य बने पत्रकारका नेता, महासङ्घ पदाधिकारीमा युनियन–सेण्टर प्यानल विजयी

आचार्य बने पत्रकारका नेता, महासङ्घ पदाधिकारीमा युनियन–सेण्टर प्यानल विजयी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं नेपाल पत्रकार महासङ्घको अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा उनले ७३२ मत प्राप्त गरेर तीन बर्षे कार्यकालका लागि पत्रकारहरुको सबैभन्दा ठूलो सङ्गठन हाक्ने जिम्मेवारी पाएका हुन् । उनका प्रतिस्पर्धि तीर्थ कोइरालाले ६ सय २७ मत प्राप्त गरेका थिए । आचार्य प्रेस युनियन र प्रेस सेण्टरका संयुक्त प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका थिए भने कोइरालालाई प्रेस चौतारीलाई अन्य साना पत्रकार सङ्गठनको समर्थन थियो ।

अध्यक्ष पदका अर्का उम्मेदवार उजिर मगरले ५४ मत प्राप्त गरेका थिए भने इन्द्रबहादुर राउतले २० मत प्राप्त गर्न सफल भए ।

महासङ्घ पदाधिकारीमा युनियन र सेण्टरको संयुक्त प्यानलनै विजयी भएको छ । सोही प्यानलबाट उम्मेदवार बनेका विपुल पोखरेल खुला तर्फको उपाध्यक्ष, दिलिप थापा मगर समावेशी उपाध्यक्ष निर्वाचित भएका छन् । महासचिवमा रमेश विष्ट र खुला सचिवमा राम प्रसाद दाहालले विजय प्राप्त गरेका छन् ।

सदस्यहरुको मतगणनाा अहिलेसम्म जारी छ ।

प्रतिक्रिया दिनुहोस्