Logo

बाढीपीडितलाई गण्डकी ८ का जनप्रतिनिधिको सहयोग, १ महिनाको सेवा सुबिधा दिने घोषणा

बाढीपीडितलाई गण्डकी ८ का जनप्रतिनिधिको सहयोग, १ महिनाको सेवा सुबिधा दिने घोषणा


बिजखबर संवाददाता
54
Shares

गोरखा । बाढी पहिरो पीडित जनतालाई गण्डकी गाउँपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले आर्थिक सहयोग गर्ने भएका छन् । सो वडाका वडाअध्यक्षसहित सम्पूर्ण मनोनित सदस्यहरुले आफ्नो १ महिनाको सुबिधा बाढीग्रस्त क्षेत्रका जनतालाई राहत स्वरुप प्रदान गर्न लागेको हो ।

साथै कार्यलय सहायकले २५ सय रुपैयाँ सहयोग गर्ने भएका छन् । ‘प्राकृतिक प्रकोपबाट भएको जन तथा धनको क्षतिप्रति दुःखि छौ,’ वडा नम्बर ८ का अध्यक्ष रामप्रसाद रेग्मीले भने ‘त्यसैले हाम्रो तर्फबाट सहयोग गरेका हौं ।’

सहयोग प्रधानमन्त्रि राहत कोषमार्फत पीडितसमक्ष पुर्याइने वडा अध्यक्ष रेग्मीले जानकारी दिए । बाढीले तराईका २६ जिल्ला प्रभाबित भएको छ ।

प्रतिक्रिया दिनुहोस्