काठमाडौं । प्रदेश सभा र संघीय संसदको चुनाव एकै दिन हुने भएको छ । सरकारले प्रदेश सभा तथा संघीय संसदको चुनाव आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चुनावको मिति घोषणा गरेको हो ।
यसअघि निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्ने गरी मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो । प्रमुख दलहरुको सुझावमा सरकारले एकै चरणमा चुनाव गर्ने निर्णय गरेको छ ।