काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रमुख तीन दलका शीर्ष नेताहरुलाई बोलाएर पहिरो, बाढी तथा डुवान समस्याबारे गम्भीर प्रश्न उठाएकी छन् ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा तथा अन्य कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुलाई बोलाएर त्यसबारे प्रश्न उठाएकी हुन् ।
बाढी पहिरो प्रभावितको उद्दार, राहत र पुनस्र्थापनको उचित प्रवन्ध मिलाउन सरकारलाई आग्रह गरेकी छन् । साथै प्राकृतिक विपदको रोकथाम र पूर्वतयारी गर्नु पर्नेमा जोड दिएकी छन् ।
राष्ट्रपति भण्डारीले डुवान समस्याबारे भारतसँग कुरा गर्न आग्रह गरिन् । साथै चुरे क्षेत्रको संरक्षण गर्नु पर्नेमा जोड दिएकी छन् ।
‘बाढी आउँछ, जनताले दुःख पाउँछन्, अनि जति सकिन्छ राहत बाँढेर बस्ने, डुवान समस्याबारे भारतसँग कुरा गर्नु पर्दैन ?’ उनले भनिन्
राष्ट्रपति भण्डारीले नेताहरुलाई योजनाबद्ध विकासको रणनीति खै भन्दै प्रश्न समेत गरेकी छिन् ।