Logo

बाढीपिडितलाई आजदेखि दैनिक प्रतिव्यक्ति ७० रुपैयाँ

बाढीपिडितलाई आजदेखि दैनिक प्रतिव्यक्ति ७० रुपैयाँ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रका पीडितहरुलाई नगद बाँढ्ने निर्णय गरेको छ। गृहमन्त्री जनार्दन शर्माले पीडितलाई एक महिनासम्म प्रतिदिन प्रतिव्यक्ति दैनिक ७० रुपैयाँ दिने जानकारी दिएका हुन्।

बाढीपीडितलाई राहत पुगोस् भन्ने उद्देश्यका साथ सरकारले शनिबारदेखि नै पीडितलाई प्रतिव्यक्ति ७० रुपैयाँ दिइने बताए । सो रकमबाट पीडितहरुले नजिकैको पसलबाट केही किनेर खान सक्ने बताए ।

पसल नहुने स्थानमा भने खादय सस्थानले बिक्री गर्ने व्यवस्था गर्ने समेत उनले जानकारी दिए ।

गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रि शर्माले बाढीले क्षति भएका घरको पुननिर्माण छिटै गर्ने आश्वासन समेत देखाए ।

बाढीबाट अहिलेसम्म १३५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ३० जना बेपत्ता र ४० जना घाइते भएकमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL