Logo

अब्यवस्थित तार हटाउँदै प्राधिकरण, भदौंभित्र नहटाए तार नै काटिने

अब्यवस्थित तार हटाउँदै प्राधिकरण, भदौंभित्र नहटाए तार नै काटिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बिजुलीका पोलमा रहेका अब्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले सूचना जारी गर्दै भदौं भित्र अब्यवस्थित रुपमा टागिएका सबै तार हटाउन निर्देशन दिएको हो ।

काठमाडौं उपत्यकाको सडकको दुबैतर्फको विद्युत प्राधिकरण तथा नेपाल टेलिकमको पोलमा अबैधानिक, अब्यवस्थित तथा असुरक्षित रुपमा टागिएका तारले शहर नै कुरुप बनाएको भन्दै तत्काल हटाउन निर्देशन दिएको हो । साथै त्यसरी टागिएका तारले आगलागी हुने, विद्युतीय झड्का दिने र सडकमा हिड्ने पैदल यात्रु र मोटरसाइलक दुर्घटना हुने क्रम समेत बढेकाले हटाउन निर्देशन दिएको प्राधिकरणले जानकारी दिएको छ ।

हाल विद्युत प्राधिकरण र टेलिकमलाई राजस्व तिरेर राखेको तारमा पहिचान गरी सम्बन्धित संस्थाको ट्याग लगाउने र अन्य तार तत्काल हटाउन इन्टरनेट सेवा प्रदायकहरुको संस्था र केबल अपरेटरहरुलाई निर्देशन दिएको छ । यसै उक्त सुचनाको ब्यवास्था गरी नहटाएमा नेपाल विद्युत प्राधिकरण र टेलिकमले अब्यवस्थित रुपमा टागिएका तार भदौं पछि काटेर हटाउने समेत सुचनामा उल्खेछ ।

प्रतिक्रिया दिनुहोस्