Logo

बाढीपीडितलाई ८५ हजार थान त्रिपाल वितरण गर्दै सरकार, कुन जिल्लामा कति ?

बाढीपीडितलाई ८५ हजार थान त्रिपाल वितरण गर्दै सरकार, कुन जिल्लामा कति ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले बाढीपीडितका लागि ८५ हजार थान त्रिपाल र टेण्ट वितरण गर्ने भएको छ । केन्द्रिय दैवीकप्रकोप उद्धार समिति अन्तर्गतको आपूर्ति आश्रय तथा पूनस्र्थापना उपसमितिले विभिन्न क्षेत्रीयप्रशासन कार्यालयका गोदाममा रहेका त्रिपाल तथा वितरण गर्ने निर्णय गरेको हो ।

बुधबार सहरी विकास मन्त्री प्रभु साहको अध्यक्षतामा बसेको उपसमितिको बैठकले पूर्वाञ्चल क्षेत्रीयप्रशासन कार्यालयको इनरुवामा रहेको गोदामबाट झापा, मोरङ, सप्तरी, सिराहा, धनुषा तथा महोत्तरीमा त्रिपाल वितरण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको हेटौंडामा रहेको गोदामबाट रौतहट, सर्लाही, बारा, मकवानपुर, पर्सा र चितवनमा वितरण गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रुपन्देहीमा भने काठमाडौं मानवीय सहायत स्थल र कैलालीमा सुदुर पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनगढीको गोदाममा रहेको त्रिपाल तितरण गर्ने निर्णय गरेको छ ।

बैठकले बाढीबाट विस्थापित भई अस्थाई आवासको ब्यवस्था गर्नु पर्ने घरधुरी तथा परिवारहरुको यथार्थ विवरण शहरी विकास मन्त्रालयमा यथाशिघ्र पठाउन जिल्ला दैवीप्रकोप उद्धार समितिहरुलाई निर्देशन दिएको छ ।

 

हाल विभिन्न ८ जिल्लाका बाढीपहिरो पीडितहरुबाट १ लाख १२ हजार थान त्रिपाल माग भएको छ । जसमध्ये तत्काल गोदाममा रहेका ८५ हजार थान वितरण गर्न लागेको हो । जस अनुसार पूर्वाञ्चल क्षेत्रिय प्रशासन कार्यालय, इनरुवाबाट ३० हजार, मध्यपश्मिाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौडाबाट ३४ हजार, काठमाडौंबाट २० हजार धनगढीबाट १ हजार त्रिपाल वितरण गर्ने निर्णय गरेको हो ।

हेटौडा क्षेत्रिय प्रशासनकार्यालय गोदाममा रहेका ४० हजार त्रिपाल र टेण्टमध्ये बारा र सर्लाहीमा ५÷५ हजार, रौतहटमा १५ हजार, पर्सामा ४ हजार, मकवानपुरमा २ हजार र चितवनमा ३ हजार त्रिपाल वितरण गरिने निर्णय भएको हो ।

त्यसैगरी इनरुहवामा रहेका ४४ हजार ८ सय त्रिपाल तथा टेन्ट मध्ये झापामा ३ हजार, मोरङमा १० हजार, सुनसरी र सप्तरीमा ६÷६हजार, सिराहामा ४ हजार धनुषा र मोहत्तरीमा ५÷५ हजार त्रिपाल पठाउने निर्णय उपसमितिले गरेको छ ।

सरकारले काठमाडौं–मानवीय सहायता स्थलमाभएका साम्रगीमध्ये नवरपरासीमा ४ हजार, रुपन्देहीर कपिल्बस्तुमा १ हजार, दाङमा ४ हजार, बाँके र बर्दियामा ५÷५ हजारका दरले वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL