Logo

नवनियुक्त कार्यकारी अधिकृतले गरे पदबहाली,महानगरको सार्वजनिक छवि सुधार गर्ने प्रतिबद्धता

नवनियुक्त कार्यकारी अधिकृतले गरे पदबहाली,महानगरको सार्वजनिक छवि सुधार गर्ने प्रतिबद्धता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरका नव नियुक्त कार्यकारी अधिकृत धनीराम शर्माले मेयर तथा उपमेयरले अघि सारेका काम नै आफ्नो प्राथमिक काम भएको बताएका छन् ।

बुधबार पदबहाली गरेपछि महानगरले आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् । साथै आफ्नो कार्यकालमा महानगरको सार्वजनिक छवि सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यकारी अधिकृत शर्माले स्थानीय सरकारको प्रभावकारी कार्यान्वयनबाट स्थानीय तहको नेतृत्व काठमाडौं महानगरले गर्नुपर्ने बताए ।
सो अबसरमा उनले भ्रष्टाचारजन्य आचरणलाई शुशासनको काँडाको रुपमा चित्रित गर्दै कार्यकारी अधिकृत शर्माले नागरिक सेवा सन्तुष्टिमा पूर्वाधार र कर्मचारी क्षमताको विकासमा आफ्नो ध्यान जाने जानकारी दिए ।

विद्युतीय शाशनको प्रवर्धनले पारदर्शिता र सेवामा लाग्ने समय तथा लागत घटाउने हुनाले सूचना प्रविधि विभागसँग तथा करको दायरा र क्षेत्रका विषयमा अहिले केन्द्र र स्थानीय सरकारवीच बुझाइमा फरक भएकोले यतातर्फका काममा आफ्नो ध्यान जाने शर्माको भनाइ थियो ।

शर्माले १४ बर्षभन्दा बढी सरकारको कर तथा राजस्व प्रशाशन, वित्तिय व्यवस्थापन सेवामा विताएका छन् ।

यस अघि अर्थ मन्त्रालयको वित्तिय व्यवस्थापन महाशाखा प्रमुखका रुपमा काम गरिरहनु भएकोमा श्रावण १९ को मन्त्री परिषद्को निर्णयबमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा भएका थिए । शर्मा साउन २९ गतेको उपप्रधानमन्त्री स्तरीय निर्णयबमोजिम महानगरको कार्यकारी अधिकृतका रुपमा सरुवा भएक हुन् ।

प्रतिक्रिया दिनुहोस्