Logo

डा. गोविन्द केसीको अनसन स्थगित, बाढीपीडितको औषधोपचारमा लाग्ने प्रतिवद्धता

डा. गोविन्द केसीको अनसन स्थगित, बाढीपीडितको औषधोपचारमा लाग्ने प्रतिवद्धता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । डा. गोविन्द केसीले २३ दिन लामो आमरण अनसन स्थगित गरेका छन् । उनले कुनै सम्झौता नै नगरी यस पटकको ११ औं आमरण अनसन तोडेको घोषणा गरेका हुन् ।

देशभर भइरहेकोे प्राकृतिक विपद्बाट आफू आहात भएको र बाढी कम भएपछि आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्नु पर्ने भन्दै आफ्नो अनसन स्थगितको घोषणा गरेको उनले बताएका छन् ।

अनसले गर्दा विपत्तिमा सबै पक्षको ध्यान केन्द्रीतमा बाधा नपुगोस् भनेर आफुले आमरण अनसन स्थगित गरेको समेत उनले बताए । तर, माफिया प्रवृत्तिविरुद्ध आफ्नो आन्दोलन जारी रहेको बताए । अनसन स्थगित गरे गलत्तै उनलाई आईसीयुमा भर्ना गरिएको छ ।

अनसनरत डा. केसी पक्ष र सरकारबीच भएको छलफलमा केही माग पुरा भएपनि माथेमा प्रतिवेदन र आफ्ना सुझावहरु समेटेर चिकित्सा शिक्षा ऐन पारित गर्न अझै बाँकी नै रहेको उनको भनाइ छ । अनसन स्थगित गरेपनि चिकित्सा शिक्षा ऐनका लागि आफ्नो लडाई निरन्तर जारी रहने र कुनै पनि बेला त्यसमा बदमासी वा तोडमोड गर्न खोजियो भने तत्काल अनसन पुनः शुरु गर्ने उनले जानकारी दिए ।

केसी उठाएका चिकित्सा शिक्षा विधेयक तत्काल पास गर्नु पर्ने बाहेकका अधिकांश माग भने सम्बोधन भएको छ । डा. केसीले अनसन स्थगित गर्नुअघि नै त्रिभुवन विश्वविद्यालयले उनको माग सम्बोधनमा केही निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL