काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरोबाट पीडितहरुका लागि १ करोड १ लाख रुपैयाँको सहयोग गर्ने निर्णय गरेको छ । चेम्बरको आज बसेको बैंठकले बाढीपीडितका लागि सो बराबरको नगद र जिन्सी सहयोग गर्ने निर्णय गरेको हो ।
चेम्बरले दैविक एवं प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत पुर्याउन २३ सदस्यीय विपद् व्यवस्थापन कमिटि गठन गरेको छ । उक्त कमिटिको संयोजकमा चेम्बर उपाध्यक्ष राजेन्द्र मल्ल रहेका छन् । यसैगरी सो कमिटिको सहसंयोजकमा दीपक मलहोत्रा र किसन अग्रवाल रहेका छन् ।
चेम्बरले बाढीपीडित परिवारलाई पाथमिकताको आधारमा रोजगारीका लागि पनि पहल गर्ने निर्णय गरेको छ । साथै बाढीपीडितलाई सहयोग गर्न इच्छुक दाताहरुका लागि बैंक खाता समेत संचालनमा ल्याएको छ । सोका लागि चेम्बमरले ग्लोबल आईएमई बैंकको कान्तिपथ शाखामा ०१०१०१०००६१२३ खाता नम्बर संचालनमा ल्याएको हो । दाताहरुले सो खातामा रकम जम्मा गर्न सक्ने चेम्बरले जानकारी दिएको छ ।