Logo

नेपाल र चीनबीच तीन सम्झौतामा हस्ताक्षर, तातोपानी नाका खोल्न सकारात्मक

नेपाल र चीनबीच तीन सम्झौतामा हस्ताक्षर, तातोपानी नाका खोल्न सकारात्मक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चीन सरकारले भूकम्पपछि पूननिर्माणका लागि १ अर्ब चिनीयाँ आएमबी सहयोग गर्ने भएको छ । चीनले अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने भएको हो ।

मंगलबार नेपाल र चीनबीच तीन पूननिर्माणका लागि अनुदान उपलब्ध गराउनेलगायत ३ ओटा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि उपलब्ध गराउने सो रकम अरनिको राजमार्गको स्तरोन्नती तथा रसुवाको टिमुरेमा पुल निर्माणका लागि खर्च गरिनेछ ।

मंगलबार नेपालका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस्तै, हिमाल, पहाड र तराईमा पेट्रोलियम, ग्यास तथा खानी अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौता पनि भएको छ । त्यसैगरी नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउने सम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ ।

सो अवसरमा उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा तथा नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङको उपस्थित थिए ।

नेपालले तातोपानी नाका सञ्चालनमा ल्याउन विशेष आग्रहमा चिनियाँ पक्षले त्यसमा सैद्धान्तिक सहमति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL