काठमाडौं । देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी १०० जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालय प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार बाढी पहिरोमा ३८ जना बेपत्ता भएका छन् ।
त्यस्तै २ हजार ८ सय४७ घर पूर्ण रुपमा क्षति भएको छ । ३ हजार ७ सय२७ पूर्वाधार संरचनामा क्षति भएको मन्त्रालयले जानकारी दिएको छ ।
बाढी पहिरो पीडितको राहत तथा उद्दारमा सुरक्षाकर्मीसहित झण्डै २७ हजार जनशक्ति खटिएका छन् ।
बाढी तथा डुवान प्रभावित तराई मधेसका १२ जिल्लामा सोमबारदेखि त्रिपाल, कम्वल, म्याट्रेसका साथै चिउरा, बिस्कुट, चाउचाउ, जीवनजल, सिटामोललगायत वितरण गरिएको छ ।