Logo

मृत्यु भएको २४ घण्टामै नेपाल लाइफको बीमा भुक्तानी, २४ हजारको बीमालाई १० लाख हस्तान्तरण

मृत्यु भएको २४ घण्टामै नेपाल लाइफको बीमा भुक्तानी, २४ हजारको बीमालाई १० लाख हस्तान्तरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई २४ घण्टाभित्रै बीमा दाबी भुक्तानी गरेको छ । केही दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परी मृत्यु भएका सिन्धुलीकन स्व.दुर्गाकुमारी खड्काका परिवारलाई नेपाल लाइफले मृत्यु भएको २४ घण्टा भित्रै भुक्तानी गरेको हो ।

कम्पनीले खड्काको परिवारलाई मृत्यु दाबी भुक्तानी वापत १० लाख ३६ हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले मृत्यु दाबी भुक्तानीलाई सर्वसुलभ छिटो छरितो ढंगले सम्पन्न गरि आममानिसमा जीवन बीमा प्रति सकारात्मक धारणा निर्माण गर्ने प्रयास स्वरुप यही साउन २८ गते मृत्यु भएको खड्काको परिवारलाई त्यसको भोलीपल्टै बीमा रकम हस्तान्तरण गरेको हो ।

उक्त मृत्यु दाबी रकम कम्पनीका सहायक प्रवन्धक बिरोध भट्टले मृतकका उदयबहादुर खड्का लाई प्रदान गरेका थिए । बीमित स्वर्गीय खड्काले ५ लाख रुपैयाँको बिमांङ्कको जीवन बीमा बापत जम्मा २४ हजार ३ सय ४ रुपैयाँमात्र बीमा शुल्क बझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL