काठमाडौं । टिएसएन फाउन्डेशनले बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउने भएको छ ।
संस्थाले पहिलो चरणमा ५० हजार बोटल प्रशोधित पिउने पानी उपलब्ध गराउन लागेको होे ।
नेपाल उद्योग वाणिज्य महासंघको दैविक प्रकोप राहत कोष मार्फत वितरण गर्नका लागि प्रदान गर्ने घोषणा गरेको बताएको छ ।
संस्थाले मुलुकको विभिन्न भागमा भएको धनजनको क्षतीप्रति दुख समेत प्रकट गरेको छ ।