काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । प्रधानमन्त्री देउवासँगै गृहमन्त्री, रक्षामन्त्री र सुरक्षा अंगका प्रमुखहरु नेपाली सेनाको हेलिकोप्टरबाट प्रभावित क्षेत्रमा प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीले रौतहट, सुनसरी, इटहरी, सप्तरीलगायत क्षेत्रको अवलोकन गर्ने छन् । त्यस्तै पश्चिम नेपालको बाढी र डुबान प्रभावित क्षेत्र पनि अवलोकन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले सुनसरीका बाढी पीडितलार्इ सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यलयले जानकारी दिएको छ ।
अवलोकन गरेर फर्किएपछि बाढी पीडितको पुनर्वासको लागि अल्पकाली र दिर्घकालीन योजना बनाउने तयारी समेत गरेको छ । बाढी र पहिरोले २६ जिल्ला प्रभावित भएका छन् । मृत्यु हुनेको संख्या झण्डै ७० पुगेको छ ।