Logo

बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति २ लाख दिने सरकारको निर्णय

बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति २ लाख दिने सरकारको निर्णय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख दिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैंठकले सो निर्णय गरेको हो ।

यसैगरी बैंठकले उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । साथै बैठकले मन्त्रिपरिषद्का सदस्यहरुको १ महिनाको तलब धानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ ।

बैंठकले बाढीपीडितका लागि उद्धार, खाद्यान्न वितरण तथा औषधोपचारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने निर्णय समेत गरेको छ । सरकारले यस अघि उद्धारका लागि सुरक्षा निकायका चारवटै संयन्त्र परिचालन गर्ने निर्णय गरेको थियो ।

बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको सम्बन्धमा अध्ययन गरी सोहीअनुरुप पीडितलाई दिइने क्षतिपूर्तिको बिषयमा पनि छलफल भएको मन्त्री बस्नेतले जानकारी दिए । हालसम्म बाढीले कति क्षति पुर्यायो भन्ने एकिन तथ्याङ नआएको उनले बताए ।

बाढीपीडितको उद्धार तथा राहत वितरणका निजी क्षेत्रका विभिन्न संघसंस्थाले पनि राहत कोस खडा गरी रकम संकलन कार्यलाई अघि बढाएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ, बुद्ध एयरलगायतका संस्थाहरुले पनि राहत कोष स्थापना गरी रकम संकलनकार्यलाई तिब्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL