Logo

बाढी प्रभावितलाई महासंघको १ करोड सहयोग, राहत कोष स्थापना

बाढी प्रभावितलाई महासंघको १ करोड सहयोग, राहत कोष स्थापना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विपत्तिमा परेका जनताको तत्काल सहयोगका लागि १ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । बर्षाका कारण मुलुकभर भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरेको हो ।

सहयोगमा महासंघको तर्फबाट १० लाख, नेपाल औषधि उत्पादक संघको ५० लाख बराबरको औषधि नेपाली यूवा उद्यमी मञ्चबाट नगद तथा जिन्सी गरी १५ लाख, शंकर ग्रुपको नगर तथा जिन्सी गरी ५ लाख, वागमती सफाई महाअभियानको तर्फबाट १० लाख र अन्य संघ संस्थाबाट रु१० लाख रुपैया गरी पहिलो चरणमा महासंघका तर्फबाट सो सहयोगको घोषणा गरेको छ ।

यसका लागि महासंघको सामाजिक फोरमका सभापति जयप्रसाद सिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय बाढी पहिरो व्यवस्थापन कार्यदल समेत गठन भएको छ । बाढी प्रभावित जनताको सहयोगार्थ महासंघले बैंक अफ काठमाडौंमा एफएनसीसीआई रिलिफ खाता सञ्चालनमा ल्याएको छ ।

बैंक अफ काठमाडौंमा रहेको सो फण्डको अकाउन्ट नम्बर ०१२५०००००६३५ मा नगद सहयोगको लागि अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्