Logo

बाढीले समस्यामा हुनुहुन्छ ? यसरी जानकारी गराउनुहोस अवस्था

बाढीले समस्यामा हुनुहुन्छ ? यसरी जानकारी गराउनुहोस अवस्था


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बाढी तथा पहिरो प्रभावितलाई सहयोग पुर्याउने उदेश्यसहित एसएमएस हेल्पलाइन सञ्चालनमा आएको छ । समर्थ नेपाल, जनता क्लिनिक र स्प्यारो एसमएमएसले सो हेल्पलाइन सञ्चालनमा ल्याएको हो ।

यसले पिडीत र उनीहरुलाई सहयोग गर्न चाहनेबीच सञ्चार गराइदिने समर्थ नेपाल तथा स्प्यारोका निर्देशक मनिस मोदीले जानकारी दिए । ‘राहत तथा सहयोग दिन चाहनेले कहाँ कति आवश्यक छ भन्नेबारे जानकारी लिन सक्छन,’ उनले भने ‘त्यस्तै राहत आवश्यक परेको स्थानबाट पनि के कस्ता सामग्री चाहिन्छ जानकारी दिन सक्छन् ।’
यसले गर्दा एकै स्थानमा धेरै राहत पुग्ने र कहाँ पुग्दै नपुग्ने समस्या हुँदैन ।

राहत दिन चाहनेले अफर स्पेस खानेकुरा वा अन्य समग्री लेखेर ३७००१ मा एसएमएस गर्न सक्छन् । त्यस्तै हेल्प स्पेस लोकेसन स्पेस आफूले दिन वा दिन चाहेको सूचना लेखेर ३७००१ मा एसएमएस गर्न सकिन्छ ।

यी संस्थाले ती सामग्री कहाँ आवश्यक छ पत्ता लगाएर राहत लिन चाहने र दिन चाहनेबीच सञ्चार गराइदिन्छ । एसएमएस हेल्पलाइन भुकम्पका बेलामा पनि सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्