Logo

विपदको जानकारी कसरी लिने ?, यस्तो छ सरकारी सुचना प्रणाली

विपदको जानकारी कसरी लिने ?, यस्तो छ सरकारी सुचना प्रणाली


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही दिनदेखिको अविरल बर्षातका कारण पूर्वी तथा तराइका जिल्लामा जनधनको क्षति भएसँगै सरकारले जनचेतनाुलक कार्यक्रमलाई तीब्र रुपमा अघि बढाएको छ । बाढी पहिरोका कारण हुन सक्ने मानवीय क्षतिबाट बच्न सरकारले विभिन्न माध्यमबाट सुचना प्रबाह गर्दै आएको छ ।

बाढी पहिरोका कारण हालसम्म तराइ तथा पहाडी जिल्लामा ३० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने अर्बौंको क्षति भएको छ । अबका दिनमा जनधनको क्षतिलाई न्युनिकरण गर्न सरकारले जनतामा विपद ब्यवस्थापनका सुचना प्रबाह तथा उद्दारलाई तीब्रता दिएको हो ।

विपद ब्यवस्थापन तथा बाढी पहिरोबाट प्रभावित क्षेत्रमा सुचना प्रबाह र जानकारी पुर्याउन गृह मन्त्रीको अध्यक्षतामा केन्द्रीय तहको आपतकालिन बैंठक बसी सबै संयन्त्र परिचालन गर्ने निर्णय गरिएको गृह मन्त्रायलका प्रवक्ता भविश्वर पाण्डेले जानकारी दिए ।

जनता समक्ष सुचना पुर्याउन सम्बन्धित जिल्लाबाट जनचेतनामुलक कार्यक्रम संचालन तथा मोबाइलमा म्यासेज पठाएर अलर्ट गराउने काम भइरहेको उनले जानकारी दिए । ‘हामीले पहिले देखि नै म्यासेज पठाएर जतालाई अलर्ट गर्ने काम गर्दै आएका छौं,’ उनले भने, ‘म्यासेज अलर्टमा केही समस्या आएकाले सम्बन्धित जिल्लाको प्रमुखको अध्यक्षतामा कमिटि गठन गरेर रेडियो तथा अन्य माध्यमबाट पनि सुचना प्रबाह गर्दै आएका छौं ।’

केन्द्रीय तहको आपतकालिन बैंठकले सबै सुरक्षा निकायलाई परिचानल गरी सुचना प्रबाह तथा उद्दार कार्यमा खटाएको छ । सम्बन्धित क्षेत्रमा रहेका सुरक्षा निकायबाट पनि बाढी पहिरोका वारेमा जानकारी लिन सकिने गृह मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी बाढी पहिरोको बारेमा ट्वीटरबाट पनि जानकारी लिन सकिनेछ । जल तथा मौसम विज्ञान विभागले पनि ट्वीटर मार्फत सुचना प्रबाह गर्दै आएको छ । उसले आफ्नो अफिसियल ट्वीटर @DHM_FloodEWS  बाट हरेक स्थानको सुचना प्रबाह गर्दै आएको छ । यसैगरी ट्वीटर ह्याण्डील @NepalpoliceAQ, @pm_nepal,@Hello_sarkar  बाट पनि बाढी पहिरोको बारेमा सुचना लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL