Logo

बाढी–पहिरो प्रभावितलाई स्थानान्तरण गराउन प्रधानमन्त्रीको निर्देशन

बाढी–पहिरो प्रभावितलाई स्थानान्तरण गराउन प्रधानमन्त्रीको निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएका छन् ।

प्रम देउवाले विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्वन्धित जिल्लाका स्थानीय प्रशासनलाई निर्देशन दिएका हुन् ।

शुक्रबार देखि अविरल रुपमा परेको बर्षाले तराईका विभिन्न जिल्लामा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका छन् ।
प्रधानमन्त्री देउवाले बाढी र पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि र तिनका परिवारप्रति हार्दिक समवेदना प्रकट समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्