Logo

बाढी पहिरोग्रस्त क्षेत्रमा सेना प्रहरी परिचालन, सतर्कता अपनाउन सरकारको आग्रह

बाढी पहिरोग्रस्त क्षेत्रमा सेना प्रहरी परिचालन, सतर्कता अपनाउन सरकारको आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गृहमन्त्रालयले सबैलाई आ आफ्नो तर्फबाट उच्च सतर्कता अपनाउन अपिल गरेको छ । बिभिन्न नदीहरुको जलसतह बढेको र केहि नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएको भन्दै सर्तकताको अपिल गरेको हो ।

बाढी,पहिरो र डुवानबाट जनधनको ठूलो क्षति भएको र यसबाट सार्वजनिक जीवन प्रभावित भएको गृहमन्त्रालयका प्रवक्ता दीपक काफलेले बताएका छन् । गृह मन्त्रालयका अनुसार लगायत स्थान बाढीबाट बढी प्रभावित छन् ।

ती स्थानमा खोज,उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,तालिमप्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्ति परिचालन गरिएको छ ।

गृह मन्त्रालयले यस कठिन घडीमा खोज,उद्धार र राहत कार्यमा सहयोग पुरयाउन र समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्री उपलब्ध गराउने कार्यमा आ आफनो तर्फबाट सहयोग गर्न उद्योगी,व्यवसायी,सामाजिक क्षेत्रमा क्रियाशिल संघ संस्थाहरु,समाजसेवी र सञ्चारमाध्यम सबै समक्ष अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्