काठमाण्डौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाण्डौ आएका विशिष्ट व्यक्तिहरुको समूहले रिट्रीटका लागि चन्द्रागिरी केबलकार पुगेका छन् ।
अनौपचारिक भ्रमणको क्रममा रहेको उक्त समुहलाई चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संचालकहरु हेमराज ढकाल, अम्बिकाप्रसाद पौडेल, नवराज नेपाल र कल्याणगुरुङ्गले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण तथा सोको वारेमा जानकारी गिराएका थिए ।
अनौपचारिक भ्रमण समूहलाई नेपालका उपप्रधान मन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महारा, भुटानमा विदेश मन्त्री दाम्चो दोर्जी र म्यानमारका विदेश राज्य मन्त्री च्वेँ टेँले नेतृत्व गरेका थिए । भ्रमणमा सहभागी भुटान र म्यानमारका मन्त्रीहरुले चन्द्रागिरी आइपुग्दा संसारकै उच्च स्थानमा आइपुगेको अनुभव गरेको प्रतिक्रिया दिँदै आगामी दिनमा भ्रमणलाई निरन्तरता दिने बताए ।
चन्द्रागिरी हिल्स लिमिटेडले नेपालको पर्यटकीय विकासमा ठूलो योगदान पुर्याएको उपप्रधान मन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराल बताए । साथै चन्द्रागिरीले नेपालको प्रर्यटन प्रबद्र्धनमा ठूलो सहयोग पुर्याएको भन्दै धन्यवाद समेत दिएका थिए ।