Logo

चुडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

चुडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त सर्वोच्च अदालतले आदेश दिएको छ ।

शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्णइजलाशले उनलाई थुना मुक्त गर्न आदेश दिएको हो ।

शर्माकी श्रीमति कल्पना उप्रेती शर्माले चुडामणि शर्मालाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् ।

कर फछ्योट आयोगमार्फत गैरकानूनी रुपमा कर मिनाहा दिइएको भन्दै गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरी थुनामा राख्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL