Logo

ब्यवसायीले आजदेखि डिपोबाट पेट्रोल नउठाउने, शुक्रबारबाट बिक्रीवितरण बन्द

ब्यवसायीले आजदेखि डिपोबाट पेट्रोल नउठाउने, शुक्रबारबाट बिक्रीवितरण बन्द


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले आजदेखि डिपोबाट पेट्रोल नउठाउने भएको छ । इन्धन ढुवानीका क्रममा हुने नोक्सानीको वास्तविक क्षतिपूर्ति दिन निगम संचालक समितिले आनाकानी गरेपछि डिपोबोट पेट्रोल नै नउठाउने निर्णग गरिएको एशोसियशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले बताए । ‘व्यवसायीका माग सम्बोधन गर्न १५ दिनभित्र रिपोर्ट बनाएर कार्यान्वयनमा ल्याइने भनिएको थियो,’ उनले भने, ‘रिपोर्ट बनेर आएको लामो समय भइसक्दा पनि निगम संचालक समिति उदासिन देखिएपछि दबाव स्वरुप डिपोबाट पेट्रोल उठाउन बन्द गरिएको हो ।’

व्यवसायीहरुले आजबाट पेट्रोल मात्र उठाउन बन्द गरेको हो । यदि निगमले आफ्ना माग संबोधन नगरेमा साउन २९ गतेबाट डिजेल पनि नउठाइने उनले जानकारी दिए । ‘हामीले पम्पमा भएका पेट्रोल शुक्रबारसम्म बिक्री गछौं,’ उनले भने, ‘यदि उनीहरुले सो अबधिसम्म पनि हाम्रो माग सम्बोधन गर्न बेवास्ता गरे भने साउन २९ पछि पूर्ण रुपमा डिजेल पेट्रोल डिपोबाट उठाउन तथा बिक्री वितरणमा रोक लगाउनेछौं ।’

निगमले अनावश्यक मागको विषयमा निर्णय गर्दै आएको र व्यवसायीका जायज मागलाई सम्बोधन गर्न उदाशिन देखाएकाले पनि बन्द गर्नुपरेको प्रधानको तर्क छ । ‘हामीले यो तत्काल बन्द गर्ने निर्णय गरेका होइनौं,’ उनले भने, ‘लामो समयसम्म निगमसँग पहल गर्दा पनि माग सम्बोधन नभएपछि बाध्यतावस बन्द गर्नु परेको हो ।’
हाल व्यवसायीले ४ हजार लिटर पेट्रोल ढुवानी गर्दा करिब ८५ लिटर प्राविधिक नोक्सानी हुने भएकाले सोही अनुरुप क्षतिपूर्ति दिनमा माग गर्दै आएका छन् । तर, निगमले भने ४ हजार लिटरमा ३५ लिटर क्षतिपूर्ति स्वरुप उपलब्ध गराउँदै आएको छ ।

नेपाल आयल निगमले भने आज व्यवसायीसँग वार्ता भएको र सो विषयमा केही टुङ्गो लाग्ने जानकारी दिएको छ । ‘आज दिउसो १ बजे सचिव ज्यूको संलग्नतामा व्यवसायीहरुसँग वार्ता छ,’ निगमका प्रवक्ता सिताराम पोखरेलले भने, ‘सो वार्ताबाट निकास निष्कनेछ ।’
व्यवसायीले आजलाई बिक्रीवितरण गर्न हिजै आवश्यक पेट्रोल उठाएको र दिउसोको वार्ता पनि भोलीबाट पनि उठाउन सम्भावना भएकाले बजारमा बिक्री वितरणमा कुनै समस्या नहुने पोखरलेलको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
MBL