काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरिक्षणमा जाने भएका छन् ।
स्थानीय ठेकदार तथा मजदूले मेलम्ची खानेपानी आयोजना स्थालमा काम ठप्प पारेपछि बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको स्थलगत निरीक्षण गर्न लागेको प्रधानमन्त्री कार्यलयले जानकारी दिएको छ ।
प्रधानमन्त्री देउवासहितको टोली हेलिकोप्टरबाट मेलम्ची जान लागेका हुन् । देउवाले त्यहाँको इन्टेक ड्याम र टनेलको समेत अवलोकन कार्यक्रम रहेको छ ।
स्थानीय कामदार तथा ठेकदारहरुले अवरोध गर्दै तालाबन्दी गरेसंगै साउन २० देखि काम ठप्प भएको छ । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएमसी डि रभेनाले स्थानीय ठेकेदारलाई पैसा नदिएपछि विवाद शुरु भएको हो ।
आयोजनाले बुधबार मेलम्चीको मुहान तथा हालसम्म भएको प्रगतिको बारेमा अनुगमन गरिने भएको छ । आयोजनाले २०७४ दशै भित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी काम अघि बढाएको थियो । कुल साढे २७ किलोमिटर सुरुङमार्ग मध्ये अब २ दशमलव २ किलोमिटर खन्न बाँकी रहेको छ ।