Logo

बैंकिङ क्षेत्रको मानव संसाधन विकास र अन्नवेषणमा एनबीआई र फ्रैंकफर्डबीच सम्झौता

बैंकिङ क्षेत्रको मानव संसाधन विकास र अन्नवेषणमा एनबीआई र फ्रैंकफर्डबीच सम्झौता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र फ्रैंकफर्ड स्कूल अफ म्यानेजमेन्डबीच मानव संसाधन विकासका लागि शिक्षा, प्रशिक्षण एवं अन्वेषणका क्षेत्रमा साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपालको बैंकिङ्ग एकेडेमी एनबीआई र विगत ५ दशकदेखि परामर्श तथा प्रशिक्षण सेवामा काम गर्दै आएको फ्रैंकफर्डबीच भएको सम्झौताले वित्तीय क्षेत्रको अनुसन्धान र मानसंसाधनको विकासमा सघाउन पुर्याउने विश्वास लिएको छ । उक्त संझौता भएसँगै नेपालका विभिन्न स्थानमा सम्मेलन, सभा, कार्यशाला तथा शैक्षिक भ्रमणजस्ता काम गर्ने भएका छन् ।

सो सम्झौतापत्रमा फ्रैंकफर्डकातर्फबाट अन्तराष्ट्रिय परामर्श सेवाका निर्देशक सुश्री फतमा डिरकेस तथा एनबीआईका प्रमख र्कायकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका हुन् । दुई संस्थाबीच भएको सम्झौताले नेपाली बैंकिङ्ग क्षेत्रको क्षमता विकासमा महत्वपूर्ण कोसेढुंगाको रुपमा रहने अपेक्षा गरिएको छ । साथै यसबाट नेपाली बैंकिङ्ग समुदायलाई युरोपका विकसित आर्थिक प्रणालीका पहँच पुग्ने छ जसबाट बैंकिङ्ग समुदायले आफ्नो मानव संसाधनको विकास र रुपान्तरणको लागि अनुभव हासिल गर्न सक्ने एनबीआईको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL