बिजखबर संवाददाता
२० माघ, काठमाडौं । आपूर्ति तथा उपभोक्ता हित सम्वन्ध उपसमितिले नेपाल आयल निगमलाई एलपी ग्यास सहज रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।
व्यवस्थापिका संसद उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्वन्ध समिति अन्तर्गतको सो उपसमितिको मंगलवार बसेको बैठकले ग्यासको आपूर्ति र वितरण व्यववस्थाबारे छुटै अनुगमन इकाई खडा गरी आयात र वितरण उपयुक्त तवरले भए नभएको समेत अनुगमन गर्न निर्देशन दिएको हो ।
साथै अन्यत्र कार्यमाअपचलन भएनभएको अनुगमन गरी सोको जानकारी एक हप्ताभित्र उपसमितिलाई दिन निर्दिष्ट गरेको छ ।