Logo

पश्चिमाञ्चल विकास मञ्चको सम्मान, प्रधानन्ययाधीश सहित ४४ जनालाई कदरपत्र

पश्चिमाञ्चल विकास मञ्चको सम्मान, प्रधानन्ययाधीश सहित ४४ जनालाई कदरपत्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पश्चिमाञ्चल विकास मञ्चले विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेको छ । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष एवं मञ्चका अध्यक्ष चन्द्रप्रसाद ढकालले पश्चिमाअञ्चलमा जन्मेर देशको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका तथा अन्य क्षेत्रमा लामोसमयदेखि सेवा गर्दै आएका व्यक्तित्वहरुलाई प्रमाणपत्र सहित सम्मान गरेका हुन् ।

सो अवसरका मञ्चले सर्वोच्च अदालतका प्रधानन्ययाधीश गोपाल पराजुली, माननीय उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, पूर्व प्रधानन्ययाधीश कल्याण श्रेष्ठ ,राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष एवं डा. स्वर्णिम वाग्ले सहित ४४ जनालाई सम्मान गरेको थियो ।

मन्त्रीपरिषद्का पूर्व अध्यक्ष एवं सर्वोच्च अदालतका पूर्व प्रधान्याधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा मञ्चका अध्यक्ष ढकालले कालीगण्डकी कोरिडोरलाई दक्षिणी छिमेकी राष्ट्र इण्डियाको नाका सुनौली र उत्तरी छिमेकी राष्ट्र चीनको कोराला नाकासँग जोड्न सकेमा सो क्षेत्रमा आर्थिक विकास भई जनताको जीवनस्तरमा सुधार आउने बताए । साथै सो कार्यमा सबै एकजुट भएर लाग्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्