Logo

नेपाल प्रहरीका ११ जना डिआइजी एआइजीमा बढुवा

नेपाल प्रहरीका ११ जना डिआइजी एआइजीमा बढुवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले नेपाल प्रहरीका ११ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । बिहीबर बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा गरेको हो ।
एआईजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी छन । त्यस्तै  विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट पनि बढुवा भएक हुन् ।
आईजीपीको दाबी गर्दै सर्वोच्च अदालत गएका डीआईजी नवराज सिलवाल भने बढुवा को सिफारिसमा परेका छैनन् । उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्