Logo

बजारिकरणमा नेपाल ग्याँसको नयाँ काइदा, सौराहाका सबै होटलमा नेपाल ग्याँस

बजारिकरणमा नेपाल ग्याँसको नयाँ काइदा, सौराहाका सबै होटलमा नेपाल ग्याँस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पर्यटकीय गन्तब्य सौराहाका सबै होटलले नेपाल ग्याँस प्रयोग गर्ने भएका छन् । सौराहामा बुधवार आयोजित कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले भरपर्दो र सुरक्षित ग्याँसमा परिचित नेपाल ग्याँस सौराहाका सबै होटलले प्रयोग गर्ने बताए ।

‘नेपालको पहिलो ग्यास कम्पनी मात्रै नभएर सुरक्षामा पनि ध्यान दिएकोले हामीले नेपाल ग्याँस प्रयोग गर्न सहमत भएका हौं,’ घिमिरेले  भने, ‘सौराहाको पर्यटन पूर्वाधार विकासमा पनि नेपाल ग्यासले सघाउने हामीले विश्वास लिएका छौं ।’

नेपाल ग्याँसका कार्यकारी अध्यक्ष गुणचन्द्र विष्टले नेपाल ग्याँसले विश्व बजारमा आएको पछिल्लो प्रविधि ल्याएर उपभोक्तालाई सुरक्षित ग्यास बिक्री गर्दै आएको बताए । ‘हामी उपभोक्ताको सुरक्षामा संवेदनशील छौं त्यसैले सुरक्षित ग्याँस पुर्याउन गुणस्तरीय र विश्व बजारमा आएका पछिल्ला प्रविधि उद्योगमा राखेर ग्याँस भर्दै आएका छौं,’ उनले भने, ‘हामीले नाफालाई मात्रै हेरेर लगानी गरेका होइनौ, उपभोक्तालाई सुरक्षित र पूर्ण तौलको ग्याँस दिएर सेवाभावलाई पनि कायम राख्न प्रतिवद्ध छौं ।’

ग्याँस बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले नेपाल ग्याँसले जस्तै सुरक्षित र पूर्ण तौल भएको ग्याँस बिक्री गर्न अरु ग्यास उद्योगीलाई आग्रह गरे । ‘हरेक भान्छामा पुग्ने ग्याँस सुरक्षित हुनुपर्छ, सुरक्षामा नेपाल ग्याँसले अहिलेसम्म कुनै सम्झौंता गरेको हामीले पाएका छैनौ,’ उनले भने, ‘अरु ग्याँस कम्पनीले पनि नेपाल ग्यासलाई अनुशरण गर्न सके उपभोक्ताले सुरक्षित ग्याँस पाउने वातावरण बन्थ्यो ।’

नेपाल ग्याँसको सौराहाको बिक्रेता अल्फ्रेस्को सप्लार्यसका संचालक गोकर्ण गिरीले उपभोक्तालाई सुरक्षित, भरपर्दो र पूर्ण तौल भएको ग्याँस बिक्रीको वातावरण बनेको बताउँदै उपभोक्तालाई प्राथमिकतामा राखेर ग्याँस बिक्री गरिने प्रतिवद्धता व्यक्त गरे ।

चितवनमा दुई महिना अघिदेखि नेपाल ग्याँस बिक्री सुरु भएको हो । चितवनमा उन्नयन सप्लायर्सले नेपाल ग्याँस बिक्री गर्दै आएको छ । उन्नयन सप्लायर्सका अध्यक्ष रामहरी पोखरेलले तत्कालको नाफा हेरर ग्याँस बिक्री नगरि दीर्घकालिन बजार विस्तारमा ध्यान दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL