Logo

परराष्ट्र मन्त्रालयको सक्रियतामा विदेशमा अलपत्र नेपाली कामदारको उद्धार

परराष्ट्र मन्त्रालयको सक्रियतामा विदेशमा अलपत्र नेपाली कामदारको उद्धार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पराराष्ट्र मन्त्रालयलको सक्रियतामा वैदेशिक रोजगारीमा गएर अलपत्र परेको नेपालीको उद्धार गरिएको छ । उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराको सक्रियतामा कुवेतमा अलपत्र महिला कामदारको उद्धार गरी नेपाल ल्याइएको हो ।

वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न मुलुक पुगि अलपत्र भएका नेपाली कामदारहरुको उद्धार कार्यमा परराष्ट्र मन्त्रालयले सक्रियाता बढाएसँगै नुवाकोट जिल्ला, पञ्चकन्याकी सीता तामाङलाई नेपाल ल्याएको हो ।

कुवेतमा प्रहरी र मालिकको कुटाईबाट घाइते भएकी तामाङलाई महराको प्रयासमा दूतावाासको सहयोगमा उद्धार गरिएको पराराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । यसैगरी मन्त्रालयकै पहलमा एक साता अघि पाँचथर घरभएकी रञ्जिता तमाङलाई ओमनबाट, मलेसियाबाट श्यामकुमार बोहोरा, सेरबहादुर नेपालीलाई र रवीन्द्रकुमार यादव उद्धार गरिएको छ ।

पीडितसँगको भेटपछि परराष्ट्रमन्त्री महराले परराष्ट्र मन्त्रालयको जानकारीमा आएसँगै उद्धारमा पहल गरिने बताए । सरकारी निकायको कार्यदल बनाएर समस्याको पहिचान गर्न लगाएको र त्यसको सुझाव अनुसार तीब्र रुपमा उद्धारको कार्य अगाडि बढाउने महराले बताए ।

प्रतिक्रिया दिनुहोस्