काठमाडौं । भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०७४ (वरिष्ठ गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाल ) तथा भक्तराज आचार्य अन्तर्राष्ट्रिय सङ्गीत पुस्कार २०७४ ( वरिष्ठ संगतिकार चन्द्रराज शर्मा ) पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
कार्यक्रम भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान एवं यस सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा आयोजना गरिएको हो । सो अबसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा वरिष्ठ गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाललाई नगद रु. ५० हजार र सम्मानपत्र प्रदान गरेको छ ।
वरिष्ठ गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाल अस्वस्थ्यताका कारण उपस्थित हुन नसकेकोले सो पुरस्कार तथा सम्मानपत्र उनकी पत्नी कल्याणी रिमालले ग्रहण गरेकी थिइन् ।
२०६४ सालमा विप्रेषण व्यवसायको रुपमा स्थापना भएको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. एक प्रतिष्ठित रेमिटान्स कम्पनी हो । यस कम्पनीले “सेवा नै परम धर्म हो ” भन्ने सिद्धान्तको अनुशरण गर्दै विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ । जस अनुसार सुनकोशी बाढी पीडितका लागि राहत वितरण , २०७२ सालमा आएको महा–भुकम्प पिडित नुवाकोटको लिखु गा.वि.स. का करीब ५०० घरका लागि दश लाख मूल्य बराबरको खाद्यान्न वितरण , हिन्दूहरूका आराध्यदेव पशुपतीनाथ मन्दिर परिसरमा भुकम्प प्रतिरोधी नमूना शौचालय निर्माण तथा एकिकृत नमूनावस्ती निर्माणका लागि “ धुर्मुस सुन्तली फाउण्डेशन ” लाई उल्लेख्य सहयोग प्रदान गरिसकेको छ ।
सिटी एक्सपे्रस मनी ट्रान्सफरले यस प्रकारका गायक तथा नाट्य क्षेत्रका साथै विभिन्न प्रकारका सामाजिक कार्यमा सहयोग गर्ने प्रतिवद्धता कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले बताए ।