Logo

लगानी कोषको संकलित रकम १ खर्ब नजिक, एक बर्षमा ५९ हजारलाई भुक्तानी सेवा

लगानी कोषको संकलित रकम १ खर्ब नजिक, एक बर्षमा ५९ हजारलाई भुक्तानी सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । नागरिक लगानी कोषले २०७४ असार मसान्त सम्ममा ९३ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ खुद कोष रकम संकलन गरेको छ । सो रकम अन्तर्गत कर्मचारी वचत वृद्धि स्वीकृत अवकास कोषमा १ लाख ९९ हजार ८ सय ३३ सहभागीको ६२ अर्ब ६९ करोड ६२ लाख रुपैया संकलन भएको हो ।

त्यस्तै नागरिक एकांक योजनामा २ हजार २७ जना सहभागीको १ अर्ब ५१ करोड १९ लाख रुपैयाँ रकम संकलन रहेको छ । उपदान कोष योजनाका २५ हजार ६ सय ६० सहभागीको १५ अर्ब १४ करोड ५ लाख, लगानी कर्ता हिसाव योजनाका १४ हजार सहभागीको ३ अर्ब ३ करोड रुपैया संकलन भएको कोषले जानकारी दिएको छ । कोष योजना अन्तर्गत निजामती बिमा कोष, शिक्षक बिमा कोष, सैनिक बिमा कोष, नार्क बिमा कोष, नेपाल प्रहरी बिमा कोष, ससस्त्र प्रहरी बिमा कोष र राष्ट्रिय बिमा कोष आयोजनाका ३ लाख ६७ हजार सहभागीको ११ अर्ब १४ करोड ६१ लाख रुपैया संकलन भएको छ ।

गत असार मसान्त सम्ममा कोषले ८५ अर्ब ५० करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ । कोषले गरेको लगानीमध्ये ऋणपत्रमा १ अर्ब ८० करोड ९३ लाख रुपैयाँ, बैंक तथा बित्तिय संस्थामा ५७ अर्ब ९९ करोड निक्षेप संकलन,समय कालिन कर्जामा ६ अर्ब ६ अर्ब ५७ करोड, संगठित संस्थाको सेयर धितोमा ४ अर्ब २ करोड ४८ लाख र सहभागी सापटी तथा आवाश कर्जामा १५ अर्ब ११ करोड २ लाख रुपैया रहेको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।

यो अवधिमा कर्मचारी वचत वृद्धि अबकाश कोषबाट ७ अर्ब ५७ करोड १८ लाख , नागरिक एकांक योजनाबाट १ अर्ब ३७ करोड ५५ लाख, उपदान कोष योजनाबाट १ अर्ब ८१ करोड, लगानीकर्ता हिसाव योजनाबाट ३२ करोड रुपैया फिर्ता भुक्तानी भएको छ । गत असार मसान्तसम्ममा सिआटी मोवाइल एप्समा १५ हजार ५ सय सहभागीले सुबिधा लिएका छन ।

कोषको वचत वृद्धि योजनामा १४ हजार ३ सय सस्था सहभागी भएका छन । उपदान कोषमा ३ सय २९,लगानी कर्ता हिसाव योजनामा ४७  कार्यालय सहभागी रहेका सूचना अधिकृत सिलवालले बताए । त्यसैगरी शिक्षक बिमामा २८ हजार २ सय ६०, सैनिक बिमामा २ सय ७३, नेपाल प्रहरी बिमामा ४ सय ५७, ससस्त्र प्रहरीमा १ सय ४, निजामती बिमा कोष आयोजनामा ३ हजार ८ सय संस्था गरी कुल ४७ हजार ९ सय २५ संस्थाको प्रत्येक महिना र चौमासिक रुपमा हिसाव अध्याबधिक गरेको छ । आर्थिक बर्ष ०७३÷७४ मा कोषबाट रकम भूक्तानी लिने सहभागीको संख्या ५९ हजार १ सय ६० रहेको छ भने कोषमा दैनिक ८ सय ७८ जनाले सेवा लिने गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL