Logo

नेपाल प्रहरी र एनबीआईबीच सम्झौता, वित्तीय अपराध रोक्न तालिम

नेपाल प्रहरी र एनबीआईबीच सम्झौता, वित्तीय अपराध रोक्न तालिम


बिजखबर संवाददाता
0
Shares

बैंक वित्तीय क्षेत्रमा हुने ठगी नियन्त्रणका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र नेपाल प्रहरीबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रहरीको क्षमता अभिवृद्घी र रणनितिक सहकार्य गर्ने सम्बन्धमा यी दुई संस्थाबीच समझदारी भएको हो ।

सो समझदारी पत्रमा एनबीआई प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र नेपाल प्रहरीका प्रमुख प्रकाश अर्यालले हस्ताक्षर गरेका हुन । समझदारी अनुसार नेपाल प्रहरीले छनौट गरेर पठाएका अनुुसन्धान मा संलग्न हुने कर्मचारी तथा अन्य अधिकारीलाई सम्पती सुद्धिकरण सम्बन्धी तामिल, सो सम्बन्धी सम्मेलन र गोष्ठीमा एनवीआईले सहभागी गराउने भएको छ ।

हस्ताक्षर कार्यक्रममा एनबीआई सीईओ सुब्बाले संस्थाको मुख्य उद्देश्य बैंक तथा वित्तीय संस्था एवं नियामक निकाय, नीति निर्माता तथा कानून कार्यान्वयन ईकाइहरु लगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षहरुको दक्षता अभिवृद्घि गर्नु रहेको बताए । यसैगरी नेपाल प्रहरी का प्रमुख अर्यालले पनि साझेदारीसँगै वित्तीय क्षेत्र सम्बद्घ अपराध अनुसन्धानमा सक्रिय अधिकारीहरुलाई अपराधको अध्ययन तथा अनुसन्धान गर्न आवश्यक ज्ञान तथा सीप उपलब्ध गराउन उपयुक्त माध्यम हुने बताए ।

वित्तीय कारोबाको दायरा वृद्घिसंगै बैंक तथा वित्तीय क्षेत्रमा ठगी तथा घोटालाका घटनाहरु र अन्य वित्तीय अपराध समेत बढिरहेको अवस्थामा तालिमकले कानुन कार्यान्वयन ईकाइलाई प्रभावकारी ढंगबाट कामगर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL