काठमाडौं । गत आर्थिक बर्ष २०७३/७४ मा नेपालको निर्यात १०.४ प्रतिशतले बढेको छ । गत आवको ११ महिनामा नेपालको निर्यात बढेर रु. ६८ अर्ब ६२ करोड पुगेको हो ।
समीक्षा अवधिमा भारततर्फ १२ प्रतिशत, चीनतर्फ ४.३ प्रतिशत र अन्य मुलुकतर्फ ८.७ प्रतिशतले निर्यात बढेको छ ।
११ महिनामा विशेषगरी जुस, जुटका समान, अलैचीलगायतको निर्यात बढी भएको छ ।
सो अबधिमा नेपालबाट ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको उलन कार्पेट निर्यात भएको छ । गत आवमा उलन कार्पेटको निर्यात ९ दशमलब ९ प्रतिशतले घटेको हो । त्यस्तै सो अवधिमा नेपालबाट ४ अर्ब ८३ करोड रुपैयाँ बराबरको जुस बाहिरिएको छ । ११ महिनामा ४ अर्ब १५ करोडको जुट र ३ अर्ब ९४ अर्ब बराबरको तयारी पोसाक निर्यात भएको राष्ट्रबैंकको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी ३ अर्ब ७५ करोड रुपैयाँ बारबरको अलैचीँ गत ११ महिनामा निर्यात भएको छ ।
जुस, पिना, जुटका समान, हस्तकलाका समान, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ । यता उनी गलैचा, अलँैची, तयारी पोशाक, पोलिष्टर धागो, चिया लगायतका वस्तुहरुको निर्यात घटेको छ । समीक्षा अवधिमा भारततर्फ १२ प्रतिशत, चीनतर्फ ४.३ प्रतिशत र अन्य मुलुकतर्फ ८.७ प्रतिशतले निर्यात बढेको छ ।