काठमाडौं । विवेकशील नेपाली पार्टी र साझा पार्टी मर्ज भएका छन् । विवेकशील र साझा पार्टीबीच बुधबार पार्टी एकता भएको हो । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ र चुनाव चिन्ह तराजु राखिएको छ ।नयाँ पार्टीमा रवीन्द्र मिश्र र उज्ववल थापाको संयुक्त नेतृत्व हुनेछ । दुबै नेतालाई सहसंयोजक पद दिइएको छ । बैठकहरुको अध्यक्षता मिश्रले गर्ने सहमति भएको छ ।
एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व रहने बताइएको छ ।
पार्टीको नाम विवेकशिल साभाm पार्टी प्रस्ताव गरिएको छ ।
पहिलो चरणको स्थानीय चुनावमा साझा पार्टी र विवेकशील नेपालीले काठमाडौं उपत्यकामा राम्रो मत पाएका थिए ।