काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेल समुहले चार मन्त्रीको नाम बुझाएको छ । पौडेल समूहले शेरबहादुर देउवा सरकारमा प्रत्यक्ष निर्वाचितलाई मात्रै मन्त्री बनाउने मापदण्ड बनाउँदै चार जनाको नाम टुंगो लगाएको हो ।
पौडेल समूहबाट सञ्जय गौतम, राजन केसी, रामकृष्ण यादव र यज्ञबहादुर थापाको नाम टुंगो लगाएको छ । बुधबार मन्त्रिपरिषद विस्तार हुँदै छ ।
त्यस्तै देउवा पक्षबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत मन्त्री हुने भएका छन् ।
सरकारको नेतृत्व गरिरहेका कांग्रेसले १३ वटा मन्त्रालय लिने सहमति सत्ता साझेदार दलहरुबीच भएको छ । कांग्रेसबाट उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर भइसकेका छन् ।