Logo

कोरियन भाषा परीक्षाको नतिजा बुधबार

कोरियन भाषा परीक्षाको नतिजा बुधबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा बुधबार प्रकाशित हुने भएको छ ।

नतिजा विहान १० बजे सार्वजनिक हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ ।

ईपीएसको नतिजा ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरिया सरकारको आधिकारिक वेबसाइटमा हेर्न सकिने छ । परीक्षामा यो वर्ष ६८ हजारभन्दा बढी सहभागी थिए ।

त्यसमध्ये १० हजार २ सय जना परीक्षामा उत्र्तीण हुने छन् । उत्पादनमुलुकतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुने गरी कोटा तय गरिएको छ ।

पास हुनेहरुलाई आगामी फेब्रुअरीबाट मेडिकललगायतका प्रक्रिया सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL