Logo

कतारको अलजजिराबाट पठाएको रकम सम्साराबाट लिन सकिने

कतारको अलजजिराबाट पठाएको रकम सम्साराबाट लिन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौ। सम्सारा रेमिट प्रालिले कतार स्थित रेमिट्यान्स कम्पनी अलजाजीरा एक्सचेन्जसँग विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा सम्सारा रेमिट प्रालिको तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबुु श्रेष्ठ र अलजाजीरा एक्सचेन्जको तर्फबाट महाप्रबन्धक निदाल सलीमले हस्ताक्षर गरे ।

सम्झौता अनुसार कतारमा रहेका नेपालीहरुले आफूले कमाएको रकम अलजाजीरा एक्सचेन्जको ८(आठ) वटा शाखाबाट सजिलै सँग पठाउन सक्नेछन् । सो रकम सम्सारा रेमिटको नेपालै भरी रहेको ४२०० भन्दा वढि सब एजेन्टहरु मार्फत नगद भुक्तानी लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

यसले रकम बुझिलिने व्यक्ति को नेपालमा कुनै पनि बैक तथावित्तिय संस्थाहरुमा रहेको खातामा रकम जम्मा गरिदिने समेत व्यवस्था गर्दछ । सम्सारा रेमिटले विश्वका सबैजसो देशहरुबाट नेपाली कामदारहरुले कमाएको रकम विदेशी मुद्रामा भित्र्याउने कार्य गर्दछ ।

यो कम्पनीले एक्सप्रेस मनी, मनीग्राम, वल्र्ड रेमिट र इन्स्ट्यान्ट क्यास जस्ता विश्व प्रशिद्ध कम्पनीहरु सँग सहकार्य गरी विदेशमा रहेका नेपालीहरुलाई विप्रेषण सम्बन्धी सेवाविगतदशवर्ष देखि सुलभ र सजिलो सँग प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL