बिजखबर संवाददाता
१९ माघ,काठमाडौं । आपूर्ति तथा उपभोक्ता हित सम्वन्ध उपसमितिले पेट्रोलियम पदार्थ चुहावटमा संलग्न व्यक्तिहरुलाई सफाइ दिने निगम सञ्चालक समिति र त्यसमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्न निर्देशन दिएको छ ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समिति अन्तर्गतको सो उपसमितिले पेट्रोलियम पदार्थ चुहावट कार्यमा संलग्न ८८ ओटा ट्रक,ट्याङकर र ४ ओटा विक्रेतालाई निगम सञ्चालक समितिले फुकुवा गरेको भन्दै उसले वाणिज्य मन्त्रालय र अख्तियार दुरुपयोग अनुशन्धान आयोगलाई सो निर्देशन दिएको हो ।
बैठकले निगम व्यवस्थापनले गरेको फुकुवा अख्तियार र निगमको हित विपरित भएको ठहर गरेको छ ।