काठमाडौं । ५५ औ इन्जिनियर्स दिवस सोमबारदेखि राजधानीमा सुरु भएको छ । नेपाल इन्जिनियर्स एसोसिएसनको आयोजनामा सुरु भएको दिवस सोमबार र मंगलबार दुई दिन चल्नेछ ।
दिवसको पहिलो दिन टेक्निकल सेसनको उदघाटन गरियो । प्रोफेसर डाक्टर जीवराज पोखरेलले पहिलो दिनको टेक्निकल सेसनको उदघाटन गरेका थिए ।
पहिलो दिन ईन्जिनियर डाक्टर जगदीशचन्द्र पोखरेल, ईन्जिनियर डाक्टर दिनेशचन्द्र देवकोटा, इन्जिनियर डाक्टर गोविन्दराज पोखरेल कि नोट स्पीकरको रुपमा थिए । उनीहरु भूकम्पपछि स्वदेशमै निर्मित निर्माण सामाग्रीको प्रयोगबाट पुननिर्माण गर्नुपर्नेमा जोड दिए ।
स्वदेशमै उत्पादित निर्माण सामाग्रीहरु पनि भूकम्पप्रतिरोधीमा मात्रै नभई अन्तर्राष्टियस्तरमै गुणस्तरीय रहेकाले स्वदेशी निर्माण सामाग्रीको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
दिवसको क्रममा नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यालनलगायतका निर्माण सामाग्रीका स्टलहरु राखिएका थिए । दिवसको पहिलो दिन विभिन्न सेसनहरु चलेको थियो । दोश्रो सेसनमा एसोसिएसनका अध्यक्ष हरिराम श्रेष्ठलगायतले बोलेका थिए ।